धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको आज तेस्रो दिन, यी कलाकार आउँदै

धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको आज तेस्रो दिन, यी कलाकार आउँदै

धनगढी । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने भएको छ । शनिबार आज महोत्सवको तेस्रो दिन हो । 

आयोजक कैलाली उद्योग वाणिज्य संघका अनुसार आज गायक चक्र बम, चेतन बोहरा, मोडेल रुबिना अधिकारी र सितल शर्मा मुख्य आर्कषण रहेका छन् ।

महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा लागेको छ । बिहीबारबाट सुरु भएको महोत्सव यही चैत २० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।