आईपीएल आज सुरु हुँदै, उद्घाटन खेलमा चेन्नई र कोलकत्ता भिड्दै

आईपीएल आज सुरु हुँदै, उद्घाटन खेलमा चेन्नई र कोलकत्ता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आज (शनिबार) सुरु हुँदैछ । आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

वान्खडे स्टेडियममा हुने यो सिजनको पहिलो खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।

गत संस्करण‍मा चेन्नई विजेता बनेको थियो । यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।