कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-१० पहलवानपुरस्थित पूर्वपश्चिम राजमार्गमा से६प ८५०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोडाघोडी-९ का २० वर्षीय तपेन्द्र बूढाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बूढाको सेती अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यस्तै, मोटरसाइकल पछाडि सवार घोडाघोडी-९ कै १५ वर्षीय अभिषेक खड्का र २१ वर्षीय किरण बूढा सामान्य घाइते भएका छन् ।