जनमत पार्टी र जसपाका नेता तथा कार्यकर्ताबीच झडप, सांसद साह घाइते

जनमत पार्टी र जसपाका नेता तथा कार्यकर्ताबीच झडप, सांसद साह घाइते

डा. सिके राउत नेतृत्त्वको जनमत पार्टीका कार्यकर्ता र जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताबीच झडप भएको छ । शनिबार सर्लाहीकाे इश्वरपुर नगरपालिका ६ बयलबासस्थित क्लवको उद्घाटन विषयमा विवाद हुँदा झडप भएको हो । 

उद्घाटन गर्न पुगेका सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रमोद साहको टाउकोमा चोट लागेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनास्थलको अवस्था समान्य भइसकेको छ । 

जनमत पार्टीका कार्यकर्ताह पूर्वयोजना अनुसार त्यहाँ पुगेर विरोध गरेको जनाइएको छ । करिब तीनसयको सख्यामा उनीहरु त्यहाँ पुगेर विरोध गर्दा विवाद उत्पन्न भएको थियो ।