कैलालीमा २ हजार म्यादी प्रहरी माग, ११ हजार बढीले दिए आवेदन

कैलालीमा २ हजार म्यादी प्रहरी माग, ११ हजार बढीले दिए आवेदन

धनगढी । कैलालीमा २ हजार ४५७ जना म्यादी प्रहरीका लागि ११ हजार बढीले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार ११ हजार २ सय २२ जनाले म्यादीका लागि आवेदन दिएका हुन् ।  

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सरकारले म्यादी प्रहरी भर्ना गर्न चैत ११ गतेसम्म दरखास्त दिने समय तोकेको थियो । १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको थियो ।

फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन पाउने भनिएको थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने बताइएको छ।