देब र दीपेन्द्रले गरे सबैभन्दा ठूलो साझेदारी

देब र दीपेन्द्रले गरे सबैभन्दा ठूलो साझेदारी

देब खनाल र दीपेन्द्रसिंह ऐरीले शनिबार नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो साझेदारी गरेका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा जारी पीएसनजीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा देब र दीपेन्द्रसिंहले तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए । नेपाली ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सबैभन्दा ठूलो साझेदारी हो । 

शुक्रवार पीएनजीविरूद्धकै पहिलो खेलमा डेब्यू गरेका देबले ७२ रन बनाए । ओपनरद्धय कुशल भुर्तेल र अनिलकुमार शाह चाँडै पवेलियन फर्किएपछि देब र दीपेन्द्रसिंहले नेपालको इनिङ्स सम्हालेका थिए । 

यसअघि रोहितकुमार पौडेल र आरिफ शेखले पाँचौँ विकेटका लागि गरेको १०४ रनको साझेदारी नै नेपालबाट कुनै पनि विकेटका लागि बनेको सबैभन्दा ठूलो साझेदारी थियो ।