दीपेन्द्र बने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने तेस्रो नेपाली खेलाडी

दीपेन्द्र बने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने तेस्रो नेपाली खेलाडी

पपुवा न्यू गिनीविरुद्धको दोस्रो तथा अन्तिम ओडिआई खेलमा नेपाली ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका छन्। 

टियु क्रिकेट मैदानमा जारी खेलमा ऐरीले पिएनजीविरुद्ध शतक प्रहार गरेका हुन्। ओडीआइमा उनले पहिलो अर्धशतक प्रहार गरेका हुन् भने नेपालका लागि तेस्रो शतकीय पारी खेलेका हुन्। १३६ बल खेल्दै ऐरीले शतक प्रहार गरेका हुन्।

रोहित पौडेल एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि हिजो शतक बनाएका थिए। यसअघि पारस खड्काले मात्रै एकदिवशीय क्रिकेटमा नेपालका लागि शतक बनाएका थिए।