मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

धनगढी । त्रिभुवन आर्मी क्लबले धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि हात पारेको छ । आज शनिबार बिहान भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

फाइनलमा आर्मीले पुलिसलाई ३-१ को सेटले हराएको हो । उपाधि जितेसंगै आर्मीले नगद चार लाख पाएको छ भने पुलिसले दुई लाख चित्त बुझाएको छ ।

यस्तै आज भएको खेलमा एपीएफलाई पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको छ। तेस्रो हुने गण्डकीले एक लाख पाएको छ भने चौथो स्थान हासिल गर्ने एपीएफले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।