प्रमोद साहमाथि एमालेले आक्रमण गरेको जसपाको आरोप

प्रमोद साहमाथि एमालेले आक्रमण गरेको जसपाको आरोप

शनिबार बिहान सर्लाहीमा भएको झडपमा घाइते भएका जसपाका प्रमुख सचेतक प्रमोद साहलाई एमालेले आक्रमण गरेको सो पार्टीले आरोप लगाएको छ ।

शुक्रबार जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा एमाले कार्यकर्ताले आक्रमण गरेको उल्लेख छ।

ुमिति २०७८ साल चैत्र १२ गते, बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताहरूले जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य एवम् जसपा, नेपाल संसदीय दलका प्रमुख सचेतक मा. प्रमोद साहलाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएका छन्ु, विज्ञप्तिमा भनिएको छ।