एमालेले दुई–तीन सिट जित्छ : झलनाथ

एमालेले दुई–तीन सिट जित्छ : झलनाथ

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आउँदो निर्वाचनमा नेकपा (एमाले) ले निकै ठूलो हार व्यहोर्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै खनालले दुईतिहाइ नभई त्यसको उट्टो दुई–तीन सिट जित्ने जिकिर गरेका हुन् । उनले केपी शर्मा ओली नेतृत्वको एमाले गुट मात्र भइरहेको तर्क गरे ।

हाल एमालेले गर्न सक्ने सम्भावित गठबन्धनका दलहरू लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भएकाले उक्त गठबन्धनलाई दक्षिणपन्थी मोर्चाको उपनाम दिन सकिने उनले उल्लेख गरे ।