नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीनका बीचमा विभिन्न ९ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

शनिबार नेपाल र चीनका परराष्ट्रमन्त्रीसहित प्रतिनिधिमण्डस्तरीय वार्तापछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

यस्तै, खोप हस्तान्तरण र मर्मत सम्भाव र एवम् स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण एवम् घाँस निर्यातलगायत समझदारीपत्रमा पनि हस्ताक्षर भएको जनाइएको छ।