धनगढी होलसेल व्यवसायी संघको तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न

धनगढी होलसेल व्यवसायी संघको तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न

धनगढी होलसेल व्यवसायी संघको तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। 

शनिबार धनगढीमा सम्पन्न भएको अधिवेशनबाट देवराज पाण्डेको अध्यक्षतामा १४ सदस्यीयनयाँ  कार्यसमिति चयन भएको धनगढी होलसेल व्यवसायी संघका निवर्तमान अध्यक्ष तिलकचन्द खतिवडाले बताए। 

तेस्रो अधिवेशनको अवसरमा संघले रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको जनाएको छ। रक्तदानमा ६२ जना रक्तदाताको सहभागीता रहेको रक्तदान उप समितिका संयोजक श्यामकृष्ण खतिवडाले बताए। व्यवसायीको हक हित र व्यापार तथा रोजगारी प्रवद्र्धन गर्न व्यवसायीक एकता हुनुपर्ने भन्दै आफूहरू तीन वर्ष अगाडिदेखि संगठित भएको संघले विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी संघका महासचिव यमनाथ सिग्देलले बताए। 

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको प्रमुख आथित्यमा सम्पन्न भएको अधिवेशनको अध्यक्षता संघका निवर्तमान अध्यक्ष तिलकचन्द खतिवडाले गरेका थिए भने सञ्चालन महासचिव यमनाथ सिग्देलले गरेका थिए। संघले कोभिड १९ महामारीको समयमा सामाजिक कार्य गरेको भन्दै  विभिन्न व्यक्ति र संस्थालाई धनगढी मिड सिटीमार्फत स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै डि एस ट्रेडर्सका संचालक श्यामकृष्ण खतिवडालाई सम्मान गरिएको थियो। यसैगरी बन्दाबन्दीको समयमा घर भाडा छुट गरेको भन्दै पूराना व्यवसायी खेमराज मिश्र र दृष्टि फाउन्डेसनकि संस्थापक कल्पना भट्टलाई नगद २५ हजारसहित संघले सम्मान गरेको थियो। तेस्रो अधिवेशनबाट पाण्डेको अध्यक्ष तामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत  गठन  गरिएको छ। जसको वरिष्ठ उपाध्यक्षमा श्यामकृष्ण खतिवडा, उपाध्यक्षमा जयन्द्र स्वाँर, महासचिवमा यमनाथ सिग्देल, कोषाध्यक्षमा विनोदकुमार जिसी सचिवमा कोपिला कुँवर र सदस्यमा कमला भट्टराई, रेखा वास्तोला,सुशील शाही, सन्तोष अग्रवाल, कमल सुवेदी, हेमराज पन्त, योगेन्द्र भट्ट  र लिलाराज मिश्र सर्वसम्मत चयन भएको निवर्तमान अध्यक्ष तिलकचन्द खतिवडाले बताए।