आजको मौसम

आजको मौसम

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी  भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न तथा पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित वर्षाको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।