प्रचण्ड र चिनियाँ विदेश मन्त्री वाङबीच भेटवार्ता

प्रचण्ड र चिनियाँ विदेश मन्त्री वाङबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

आज आइतबार मेरियट होटलमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका लागि प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ मेरियट पुगेका थिए ।

यसअघि मेरियटमै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरूसँग विदेशमन्त्री यीले भेटवार्ता गरेका थिए।

आजै बिहान विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए । तीनदिने नेपाल भ्रमणका क्रममा गएको शुक्रबार नेपाल आएका वाङ आजै स्वदेश फर्कने छन् ।