धनगढी उप-महानगरपालिका २ र ३ को सिमाना मिलन चोकमा राष्ट्रिय झण्डा फहराइने

धनगढी उप-महानगरपालिका २ र ३ को सिमाना मिलन चोकमा राष्ट्रिय झण्डा फहराइने

धनगढी । बर्षातका बेला पानी निकासको विषयले ठुलो झडप भएको ठाउँ धनगढी उप महानगरपालिका वडा नम्बर २ र ३ को सिमाना मिलन चोकमा राष्ट्रिय झण्डा फहराइने भएको छ । मालिका युवा सञ्जालले ६ लेन सडक बिचमा ६० फिट अग्लो राष्ट्रिय झण्डा फहराउन लागेको हो ।

राष्ट्रिय झण्डा हाल्नका आज एक कार्यक्रमका बिच जग शिलान्यास गरिएको छ । धनगढी उप महानगरपालिका वर्डा नम्बर ३ का अध्यक्ष बल बहादुर ऐर र वडा नम्बर २ की सदस्य रतना विष्टले संयुक्त रूपमा जग शिलान्यास गरेका हुन् ।

करिब २ लाख ५० हजार लागत लाग्ने झण्डाका लागी क्लबका सदस्यहरू, धनगढी उप महानगरपालिकाका नगर प्रमुख, नृप बहादुर वड, वडा नम्बर २ का अध्यक्ष नर बहादुर बम, ३ का अध्यक्ष बल बहादुर ऐर, जनता समाजवादी धनगढी नगर अध्यक्ष हेमराज पन्त लगायतले आर्थिक सहयोग गरेका छन् ।

भरतबाट आउने नेपालीहरूले सीमा प्रवेश गरेसँगै राष्ट्रिय झण्डा फहराएको देख्दा राष्ट्रियता झल्किने भएकाले झण्डा राख्न लागेको मालिका युवा सञ्जालका सचिव दिपेस बोहराले बताए ।

साथै वडा नम्बर २ र ३ बिच पानी निकासका विषयमा विवाद भएपछि सम्बन्धमा केही समस्या आएकाले यो सम्बन्ध सुधार ल्याउन पनि यस राष्ट्रिय झण्डाले भूमिका खेल्ने बोहराको भनाई छ । नयाँ वर्षको दिन झण्डा उद्घाटन गर्ने गरी काम सुरु गरिएको उनले बताए ।