लोसपा केन्द्रीय सदस्य यादव कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

लोसपा केन्द्रीय सदस्य यादव कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली कांग्रेस प्रवेश गरेका छन् । यादव सप्तरीका हुन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमा यादवलाई कांग्रेससभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं पूर्वउपसभापति विजयकुमार गच्छदारलगायतले खादा, माला र अबिर लगाएर स्वागत गरे ।