हातहतियार बुझाउन दार्चुला प्रशासनको आग्रह

हातहतियार बुझाउन दार्चुला प्रशासनको आग्रह

धनगढी । जिल्ला प्रशासन कार्यालय दार्चुलाले लाइसेन्स प्राप्त हतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासनले यही चैत अन्तिमसम्म घरमा राखिएका हतियार बुझाउन आग्रह गरेको हो ।

आगामी ३० वैशाखमा हुने स्थानीय चुनावलाई मध्यनजर गर्दै हतियार बुझाउन भनिएको हो ।  हतियार नजिकको प्रहरी इकाइमा बुझाउन सकिने प्रशासनले जनाएको छ ।

No description available.