प्रहरी र व्यवसायीबीच झडप : अश्रुग्यास प्रहार, दुईजना घाइते

प्रहरी र व्यवसायीबीच झडप : अश्रुग्यास प्रहार, दुईजना घाइते

काठमाडौं । धनुषाको विदेह नगरपालिका तिनकौरीयामा व्यापारी र प्रहरीबीच झडप भएको छ । आइतबार प्रहरीसहित झडपमा परेर दुईजना घाइते भएका छन् ।

अज्ञात समूहले पानपसलमा आगजनी गरेको र आक्रोशित स्थानीयले विरोध प्रदर्शन गर्दा झडप भएको हो ।जिल्ला प्रशासन कार्यालय धनुषाले झडपमा परी स्थानीय र एकजना प्रहरी घाइते भएको जानकारी दिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोषकुमार मण्डलको शान्ता पानपसलमा आगजनी गरिएको थियो ।

‘‘उनीहरूले घटनामा प्रहरी र स्थानीय तहका प्रतिनिधिहरूले लापरबाही गरेको भन्दै टायर बालेका थिए । प्रहरीले अश्रुग्यास प्रहार गरेर आन्दोलन नियन्त्रणमा लिने प्रयास गरिरहेको छ,” उनले भने ।