काँग्रेस केन्द्रीय समिति बैठक जारी : स्थानीय निर्वाचन तयारीबारे छलफल

काँग्रेस केन्द्रीय समिति बैठक जारी : स्थानीय निर्वाचन तयारीबारे छलफल

सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । बैठकमा स्थानीय तहको निर्वाचन, गठबन्धनलगायतका समसामयिक विषयमा छलफल जारी रहेको पार्टीका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

काँग्रेसले वैशाख ३० गतेको स्थानीय चुनाव लक्षित ‘घर–घर जाऊ, काँग्रेस जिताऔं’ अभियान चलाएकाे छ । घोषणापत्र तयारीका लागि महामन्त्री गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ ।

पछिल्लो काँग्रेस बैठकमा प्रदेशको अवस्था र परिस्थितिबारे रिपोर्टिङ भएको थियो । चैत ११ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नुभएको थियो भने प्रदेशगत रिपोर्टिङ भएको थियो ।

अघिल्लो बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्यले आइतबारको धारणा राख्नुहुनेछ । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियारले धारणा राख्नुभएको थियो।

त्यसैगरी प्रदेश सभापति उद्धव थापा (प्रदेशन १) कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।