सुदूरपश्चिम प्रदेश सभाको सचिवमा बोगटी नियुक्त

सुदूरपश्चिम प्रदेश सभाको सचिवमा बोगटी नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सचिवालयको सचिवमा देवबहादुर बोगटी नियुक्त भएका छन् ।

तीन महिनादेखि रिक्त रहेको प्रदेश सभा सचिवालयको सचिव पदमा प्रदेश सरकारले शुक्रवार मात्र बोगटीलाई नियूत्त गरेको हो ।

बोगटीलाई आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरी सचिव पदको जिम्मेवारी लिएका हुन । उनलाई सभामुख अर्जुनबहादुर थापाले शपथ ग्रहण गराएका थिए ।

वरिष्ठ प्रहरी उपरीक्षकको जिम्मेवारी समेत सम्हालिसकेका बोगटीको जन्मघर डोटी शिखर नगरपालिका वडा नम्बर २ हो ।

यसअघि नागरिकतामा जन्म मितिको विवादमा मुछिएपछि सचिव रामसिंह धामीले पदबाट राजीनामा दिएका थिए । सभामुख थापाले उनको राजीनामा पत्र स्वीकृत गरेका थिए ।