कांग्रेस केन्द्रीय समिति बैठकमा अर्थमन्त्रीको राजीनामा माग

कांग्रेस केन्द्रीय समिति बैठकमा अर्थमन्त्रीको राजीनामा माग

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।

आइतबारको बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न आग्रह गरेका हुन् ।

उनले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको तर सुधारको प्रयास नभएकाले अर्थमन्त्रीलाई मन्त्रीबाट हटाउनुपर्ने बताए ।

ूअर्थमन्त्री असक्षम भइसक्नुभयो । त्यसैले उहाँलाई गठबन्धमा कुरा गरेर प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्दछ । वा उहाँको राजीनामा माग्नुपर्छ भनेर मैले बैठकमा आफ्नो कुरा राखेको छु,ू उनले भने ।