डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकप्टरमार्फत उद्धार

डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकप्टरमार्फत उद्धार

दार्चुला । दार्चुलामा डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि उनको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

आइतवार अपिहिमाल गाउँपालिका–३ पाथामा नेकपा एमालेको चुनावी आमसभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वर बहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

थापाको हेलिकप्टरमार्फत उद्धार गरी सेती प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले जानकारी दिए ।

थापा बिरामी परेको खबर पाउना साथ प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र आफूले हेलिकप्टरका लागि पहल गरेको उनले बताए ।