कैलालीमा बाख्रा चराउन गएकी १२ बर्षिय बालिका बलात्कृत, एकजना पक्राउ

कैलालीमा बाख्रा चराउन गएकी १२ बर्षिय बालिका बलात्कृत, एकजना पक्राउ

धनगढी । कैलालीमा १२ वर्षिय बालिका बलात्कृत भएकी छिन् । बालिकालाई अन्दाजी ५२ वर्षिय पुरुषले शनिबार साँझ बलात्कार गरेको आरोप आफन्तले लगाएका छन् ।

बाख्रा चराएर घर फर्कने क्रममा ती बालिकालाई पुरुषले बलात्कार गरेको आफन्तहरुले बताएका हुन् । बालिकालाई बलात्कार गरेको आरोपमा ती पुरुषलाई प्रहरीले आइतबार नियन्त्रणमा लगि अनुसन्धान अघि बढाएको जनाइएको छ ।

कैलाली प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बलात्कार गरेको आरोपमा पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको बताए ।