"निर्वाचन आचारसंहिता पालना गर्नु हामी सबैको कर्तव्य हो" : मुख्यमन्त्री भट्ट

"निर्वाचन आचारसंहिता पालना गर्नु हामी सबैको कर्तव्य हो" : मुख्यमन्त्री भट्ट

धनगढी । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्वाचनको समयमा आचारसंहिता पालना गर्नु हामी सबैको कर्तव्य भएको बताएका छन । 
नेपाल कानुन समाज द्वारा धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले आफ्नो अधिकार र कर्तव्य पालना गर्दै निर्वाचन आयोगले जारी गरेको आचारसंहिता इमानदारीका साथ पालना गर्नुपर्ने बताए । 

आगामी सामाजिक संजालको व्यापक प्रभाव पर्ने भएकाले कडाइका साथ सामाजिक संजालको अनुगमन गरिनुपर्ने उनको धारणा छ । 
निर्वाचन आयोग संगको सहकार्यमा धनगढीमा जारी कार्यक्रममा पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रदेश सरकारका आर्थिक मामिला  मन्त्री तारा लामा तामाङ , आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी , मुख्य न्यायधिबक्ता कुलानन्द उपाध्याय, प्रदेश सभाका सदस्यहरु, विभिन्न राजनैतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि , कानुन व्यवसायी लगायतको उपस्थिति रहेको छ ।