कैलालीमा यसरी हुँदैछ सवारीको गति मापन गर्ने 'लिडार स्पिड गन'को प्रयोग [फोटोफिचर]

कैलालीमा यसरी हुँदैछ सवारीको गति मापन गर्ने 'लिडार स्पिड गन'को प्रयोग [फोटोफिचर]

नगढी । बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कैलालीमा सवारीसाधनको गति नियन्त्रण प्रयास गरेको छ ।

ट्राफिक प्रहरीले अत्तरिया चोकमा सवारीसाधनको गति मापन गर्न अत्याधुनिक ‘लिडार स्पिड गन’ प्रयोग गरेको हो । जसअनुसार सोमबार बिहान तीव्र गतिका सवारीसाधनविरुद्ध कारबाही गरिएको छ ।

तीव्र गतिमा सवारी हाक्नाले दुर्घटना बढेको भन्दै स्पिड गनको प्रयोग गरी कारबाही थालेको ट्राफिक प्रहरी निरीक्षक गणेश प्रसाद उप्रेतीले बताए ।

May be an image of 4 people, people standing, outdoors and text that says 'X A REDMI NOTE PRO QUAD CAMERA'May be an image of 8 people, people standing and roadMay be an image of 8 people, people standing and road