टिपरको ठक्करबाट एकको मृत्यु,५ जना घाइते

टिपरको ठक्करबाट एकको मृत्यु,५ जना घाइते

टिपरको ठक्करबाट विद्युत् कार्यालयका चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरीको बोदेवरसाइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो 

घटनामा ५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको विद्युत् प्राधिकरण कार्यालय बोदेवरसाइन सप्तरीको प्रदेश २–०१–००१च ०३३४ नम्बरको बलेरो गाडीलाई सोही दिशाबाट आउँदै गरेको ना७ख २६५८ नम्बरको टिपरले ठक्कर दिँदो चालक यादवको मृत्यु भएको हो ।

बोदेवरसाइन नगरपालिका–१० का ३० वर्षीय शैलेश यादव र महेश चौधरी, वडा नम्बर ५ का बृजेशकुमार यादव र जनशंकर साह तथा सिरहा लहान नगरपालिका–८ का अरुणकुमार सिंह घाइते छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । टिपर र चालकलाई प्रहरीेले नियन्त्रणमा लिएको छ ।