मेरो श्रृंगार धनगढीद्धारा शाखा विस्तार, मोती चोकबाटपनि सेवा दिनथाल्यो ?

मेरो श्रृंगार धनगढीद्धारा शाखा विस्तार, मोती चोकबाटपनि सेवा दिनथाल्यो ?

धनगढी । धनगढी २ एसपिए कलेज जाने बाटोमा रहेको मेरो शृङ्गारले नयाँ शाखा विस्तार गरेको छ । मेरो शृङ्गारले पहिलो शाखा धनगढी ८ मोती चोकमा सञ्चालनमा ल्याइएको हो । 

छालाको हेरचाह, सौन्दर्य कपाल तथा मेकअप सम्बन्धी काम हुँदै आएको मेरो शृङ्गारमा ग्राहकको माग र सेवा सुविधालाई मध्यनजर राख्दै झण्डै २५ लाखको लागतमा शाखा विस्तार गरिएको  सञ्चालक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । सञ्चालक श्रेष्ठले अधिकांश ग्राहक तथा उपभोक्ता क्याम्पस रोड, मोती चोक, फूलबारी, धनगढी गाउँ शिव नगर लगायतका क्षेत्रबाट तालिम लिन आउने र ग्राहकको माग पनि भएकाले सो शाखा सञ्चालनमा ल्याएको बताए । 

दोस्रो शाखा सञ्चालनको अवसरमा ५० जनालाई निःशुल्क ब्युटिसियन तालिम दिइरहेको उहाँले जानकारी दिए । सुदूरपश्चिममा ब्रान्डेड कस्मेटिकको आवश्यकतालाई महसुस गर्दै सुरुमा मेरो शृङ्गार सञ्चालनमा ल्याइएको बताउँदै श्रेष्ठले त्यसबाट न्यूनतम मूल्यमा राम्रो गुणस्तरीय कस्मेटिक सामान तथा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्य रहेको बताए । 

आगामी दिनमा  शाखाहरूलाई बिस्तार गर्दै कञ्चनपुरको महेन्द्रनगरबाट पनि सेवा बिस्तार गर्ने योजना रहेको बताउँदै श्रेष्ठले उक्त शाखाले ५० जनालाई निःशुल्क तालिमको सुविधा दिएको बताए ।