आजको मौसम : कहाँ कस्तो ?

आजको मौसम : कहाँ कस्तो ?

धनगढी । हाल देशमा भारतको बिहार  देखि बङ्गालको खाँडि सम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

देशको पहाडी भूभागमा आँशिक देखि  सामान्य बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहेको छ।   

दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

राती स् प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू(भागका केही स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागको केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराई भूभागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।