युवक मृत्यु प्रकरण : पदमा अस्पतालमा ७० लाखको क्षति, आफन्तलाई १५ लाख दिने सहमति

युवक मृत्यु प्रकरण : पदमा अस्पतालमा ७० लाखको क्षति, आफन्तलाई १५ लाख दिने सहमति

धनगढी ।  गोदावरी नगरपालिका अत्तरियास्थित पद्मा अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि तोडफोड गरिएको अस्पतालले पुनः सेवा सुचारु गरेको छ । शनिवार साँझ अस्पताल प्रशासन, प्रहरी र स्थानीयबीच भएको सहमतिपछि अस्पतालले पनि आफ्ना सेवाहरु सुचारु गरेको हो । 

गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएपछि आफन्त र स्थानीयले अस्पताल भवन, एम्बुलेन्स, निजी सवारीसाधन लगायत अस्पताल भित्र समेत तोडफोड गरेको अस्पतालका प्रमुख डाक्टर नरबहादुर मौनीले बताए ।

तोडफोडका कारण ७० लाख भन्दा बढी रुपैयाँको क्षति भएको बताउँदै प्रमुख डाक्टर मौनीले उपचारमा संलग्न कसैले पनि लापरबाही नगरेको बताए । मृतकका परिवार र अस्पताल बिच सहमति पछि सेवा सुरु भएको हो ।

अस्पतालले मृतकका आफन्तलाई १५ लाख रुपैयाँको चेक दिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । सहमतिपछि शव सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमपछि आफन्तले बुझेर दाहसंस्कार गरेका छन् ।