श्रीलंकामा संकटकाल : फेसबुक, ट्विटरमा अवरोध

श्रीलंकामा संकटकाल : फेसबुक, ट्विटरमा अवरोध

खाद्यान्न र इन्धन अभावविरुद्ध आन्दोलन चर्किएपछि श्रीलंका सरकारले सामाजिक सञ्जालको पहुँचमा अवरोध गरेको छ । फेसबुक, ट्विटर र इन्स्टाग्रामलगायत सामाजिक सञ्जाललाई ‘ब्लक’ गरिएको छ ।

त्यहाँ ह्वाट्सएप पनि खुलेको छैन । मोबाइल फोन प्रयोगकर्ताले ‘दूरसञ्चार नियामक आयोगको निर्देशनमा’ भन्ने सन्देश पाएका छन् ।

श्रीलंकामा शनिबार साँझदेखि ३६ घण्टाका लागि कर्फ्यु आदेश लागु भएको हो । राष्ट्रपति गोताबाया राजापाक्षले अधिकारीको लिखित अनुमतिबिना कसैलाई पनि सडक, पार्क, ट्रेन, समुद्री तटमा जान नपाउने गरी निषेधाज्ञा जारी गरेका हुन् ।

गएको बिहीबार भिडले राष्ट्रपतिको निजी निवासबाहिर सवारीसाधनमा आगो लगाइदिएपछि थप विरोध प्रदर्शन नहोस् भनेर कडा प्रतिबन्धहरू लगाइएको हो । त्यहाँ अहिले संकटकाल घोषणा गरिएको छ । सेना परिचालन गरिएको छ र अहिले सेनाले बिनापक्राउ पुर्जी संदिग्ध व्यक्तिहरूलाई पक्राउ गर्न सक्छ । बीबीसीबाट