एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर चलेको छ : माधव नेपाल

एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर चलेको छ : माधव नेपाल

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीमा प्रवेश गर्ने लहर चलेको बताएका छन् ।

सुदूरपश्चिममा अन्य पार्टीमा रहेका केही नेता कार्यकर्ता समाजवादीमा प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन धनगढी पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् । 

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो पार्टीमा प्रवेश गर्ने लहर चलेको दाबी गरे ।

धनगढी पुगेका अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत आलोचना गरेका छन् । पार्टी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको उनको भनाई छ ।