चीनमा कोरोना संक्रमण बढ्यो : एकैदिन थपिए १३ हजार बढी संक्रमित

चीनमा कोरोना संक्रमण बढ्यो : एकैदिन थपिए १३ हजार बढी संक्रमित

चीनमा आइतबार एकैदिन दुई वर्षकै धेरै कोरोना संक्रमित थपिएका छन् । आइतबार चीनभरि १३ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो।

सन् २०२० को फेब्रुअरीपछि पहिलो पटक चीनमा एकैदिन यति धेरै संक्रमित थपिएका हुन् । चीनमा पछिल्लो समय ओमिक्रोन भेरियन्टका कारण कोरोनाको संक्रमण तीव्र भइरहेको छ।

यसैबीच केही दिनयता लकडाउन गरिएको चीनको व्यापारिक केन्द्र सांघाईमा संक्रमित बुवाआमा र बच्चाहरूलाई छुट्याएर राखेर चर्चा भइरहेको छ। सामाजिक सञ्जालमा एउटा अस्पतालमा धेरै बच्चाहरू राखिएको भिडिओ भाइरल भइरहको छ।

सांघाईका अधिकारीहरूले कोरोना संक्रमण पुष्टि भएपछि अनिवार्य आइसोलेसनमा बस्नुपर्ने नियम लागू गरेका छन्।