पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ६ हजार ९०९ नमूनाको परीक्षण हुँदा आइतबार २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

गत २४ घण्टामा ५ हजार ८४७ जनाको पीसीआर र १ हजार ६२ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ। 

पीसीआर परीक्षणबाट २३ जनामा संक्रमण पुष्टि भएको हो। एन्टिजेन परीक्षणका क्रममा सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५१ जनाको मृत्यु भएको छ। 

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि ६६ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल ८९९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।