ग्रहण लागिसकेको सूर्यको काम छैन, अब कलम चिह्न नै हो चाहिने : माधव नेपाल

ग्रहण लागिसकेको सूर्यको काम छैन, अब कलम चिह्न नै हो चाहिने : माधव नेपाल

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ग्रहण लागिसकेको सूर्यको काम नभएको टिप्पणी गरेका छन् । पार्टीले कञ्चनपुरको बेदकोटमा आयोजना गरेको भेला एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

‘ग्रहण लागिसकेको सूर्यको काम छैन। अब कलम चिह्न नै हो चाहिने,’ उनले भने, ‘न्याय, सत्य र भविष्यको कुरा बताउँछ, कलमले नै राम्रो नराम्रो छुट्टाउँछ। कलम चिह्न लिएर जनताको घर घरमा जानुस्।’

उनले चुनावको सन्दर्भमा धेरै तयारी गर्नुपर्ने भन्दै जनताको घर दैलोसम्म गएर कलम चिह्नमा जनमत बनाउन कार्यकर्तालाई निर्देशन दिए। चुनावको तयारीमा जुट्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए।