पुनः स्थगित भयो सुदूरपश्चिम प्रदेशसभा बैठक

पुनः स्थगित भयो सुदूरपश्चिम प्रदेशसभा बैठक

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको नवौँ अधिवेशनको तेस्रो बैठक पुनः स्थगित गरिएको छ । सभामा विजनेश नभएपछि आइतबार आह्वान गरिएको बैठक २३ गतेसम्मका लागि सारिएको हो ।

प्रदेश सभा सचिवालयमा आइतबार सूचना टाँस गरि २३ गतेसम्मका लागि स्थगित गरिएको बताइएको छ । 

सभाको २० गते दिनको १ बजे बस्ने भनिएको तेस्रो बैठक विशेष कारणले स्थगित भई २३ गते (बुधबार) दिनको १ बजे बस्ने निर्णय भएकोले सम्पूर्ण माननीयज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ’ सभामा टाँस गरिएको सूचनामा भनिएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार कार्यसूचि नहुँदा आइतबारका लागि बोलाइएको बैठक अर्को दिन सार्नु परेको हो ।