बिशिष्ट समाजसेवीको रुपमा भक्तबहादुर भण्डारी सम्मानित

बिशिष्ट समाजसेवीको रुपमा भक्तबहादुर भण्डारी सम्मानित

धनगढी । समाजसेवी भक्त बहादुर भण्डारी बिशिष्ट समाजसेवीको रुपमा सम्मानित भएका छन् ।

सिजन मिडिया द्वारा आयोजना गरिएको सोसल वेलफेयर अवार्ड (२०२१) मा उनी बिशिष्ट समाजसेवीको रुपमा सम्मानित भएका हुन् ।

भक्त बी बी फर ह्युमानिटी युसए का संस्थापक अध्यक्ष समेत रहेका उनले भक्त बि बि फर ह्युमानिटी मार्फत देशै भरी विभिन्न राहतका कार्यक्रमहरु संचालन गर्दै आएका छन् ।

देशमा भुकम्प, बाढीपहिरो र कोभिड महामारी जस्ता आपातकालिन समयमा अमेरिका मा रहेर आफ्नो मिहिनेतको कमाई बाट स्वदेशमा रहेका नेपाली दुखी र पिडित हरुलाई निरन्तर साथ सहयोग गर्दे आएका भण्डारी समाजसेवीको रुपमा परिचित छन् ।