माओवादीसँग गठबन्धन हुँदैन : ईश्वर पोखरेल

माओवादीसँग गठबन्धन हुँदैन : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी विभाजन गरेर हुँदा खाँदाको सरकार ढाल्ने शक्तिसँग गठबन्धनको संभावना नरहेको बताएका छन्।

भरतपुरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले एमालेसँग गठबन्धनका लागि छलफल सुरु भएको नेकपा माओवादी केन्द्रका नेताहरूको भनाइ झुटो रहेको बताए। माओवादी नेता वर्षमान पुनले आत्मआलोचना गरे एमालेसँग गठबन्धन हुन सक्ने अभिव्यक्ति दिएका थिए।

‘जसले पार्टी विभाजन गरेर हुँदा खाँदाको कम्युनिष्ट सरकार ढालेर अपराध कर्म गर्‍यो त्यो शक्तिसँग गठबन्धन गर्ने भन्ने कुरै हुँदैन,’ उनले भने, ‘दुई पार्टीका नेताहरुका बीचमा भेटघाट हुन सक्छ, भेट हुँदा राजनीतिक विषयमा कुरा, समीक्षा हुन सक्छ तर गठबन्धनका लागि छलफल चलेको भन्ने कुरामा सत्यता छैन।’

उनले प्रचण्डले लगाउने कुनै पनि छलाङको विषयमा एमाले जानकार रहेकाले त्यसबाट प्रभावित नहुने बताए।