अछाममा पनि कांग्रेस, एकीकृत समाजवादी र माओवादीबीच वडासम्म तालमेल गर्ने सहमति

अछाममा पनि कांग्रेस, एकीकृत समाजवादी र माओवादीबीच वडासम्म तालमेल गर्ने सहमति

धनगढी । अछाममा तीन राजनीतिक दलले स्थानीय तह चुनावमा वडासम्म नै तालमेल गर्ने निर्णय गरेका छन् । सोमबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जिल्लास्तरीय नेताको बैठकले चुनावी तालमेल गरेर जाने निर्णय गरेका हुन् ।

कांग्रेस सभापति पुष्पबहादुर शाह, माओवादी संयोजक रवीन्द्र साउद र नेकपा एकीकृत समाजवादीका अध्यक्ष हिरण्ड भट्टराईले जिल्लाका १० स्थानीय तह र ९१ वडामा चुनावी तालमेल गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

स्थानीय तहका कमिटी र कार्यसमितिलाई गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न सार्वजनिक रूपमा अनुरोध गरिएको उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

May be an image of text