कञ्चनपुरमा बसको ठक्करबाट युवतीको मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट युवतीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा ना ४ ख ४४६६ नम्बरको बसको ठक्करबाट मन्जु बुडालको मृत्यु भएको हो ।

सामान किनेर बाटो पार गर्न खोज्दा  बुडाललाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान महेन्द्रनगरबाट गड्डाचौकीतर्फ गइरहेको बसको ठक्करले महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्याम चौधरीका अनुसार शान्ति निकेतन चोकमा रहेका पसलहरूमा सामान किनेर बाटो काट्ने बेला बसले ठक्कर दिएको हो । चालक फरार रहेको प्रहरीले जनाएको छ ।