त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट : उपाधिको लागि नेपालले आज पीएनजीसँग खेल्ने

त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट : उपाधिको लागि नेपालले आज पीएनजीसँग खेल्ने

त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा अपराजित रहँदै फाइनल प्रवेश गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले उपाधिको लागि आज पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ ।

खेल दिउँसो साढे १२ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ । समूह चरणमा नेपालले दुई वटै खेलमा पीएनजीलाई हराएको थियो ।

नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो । पीएनजीले भने उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो ।

पीएनजीले ४ खेलमा ३ मा हार र एकमा जित बेहोरेको छ  । मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनलमा पुगेको हो ।