टी-२० सिरिजको फाइनलमा पिएनजीविरूद्ध ब्याटिङ गर्दै नेपाल

टी-२० सिरिजको फाइनलमा पिएनजीविरूद्ध ब्याटिङ गर्दै नेपाल

नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल आज हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने फाइनल भिडन्तमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। पिएनजीले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

टिममा नेपालले एक परिवर्तन गरेको छ। अघिल्लो खेलमा घाइते भएका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामी खेल्नेछन्। 

नेपाली टिम

सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहितकुमार पौडैल, सोमपाल कामी, करण केसी, अविनास बोहरा, दिलीप नाथ, आदिल अन्सारी

नेपालले एक वर्षको बीचमा घरेलु मैदानमा दोस्रो पटक सिरिजको उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो।