बसको ठक्करबाट महिलाको मृत्युपछि महेन्द्रनगर तनाव ग्रस्त, स्थानीयद्धारा चक्काजाम

बसको ठक्करबाट महिलाको मृत्युपछि महेन्द्रनगर तनाव ग्रस्त, स्थानीयद्धारा चक्काजाम

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा बसको ठक्करबाट साईकलमा सवार महिलाको मृत्युपछि बजार तनाव ग्रस्त बनेको छ ।

सोमबार जिल्लाको भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा बसको ठक्करले दिँदा मन्जु बुडालको मृत्य भएपछि आफन्तले चक्काजाम गरेका छन् ।

ना४ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी बुडाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । साईकलमा सवार उनको घटनास्थलमै मृत्युपछि स्थानीयले चक्काजाम गरेका छन् । उनीहरुले सडकमा टायर समेत जलाइरहेका छन्।

चक्काजाम गरिएपछि यातायात सेवा प्रभावित बनेको छ। यता, प्रहरीले सडक खुलाउन प्रयासमा लागिरहेको जनाएको छ।