२१ सदस्यीय कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समिति गठन [नामावलीसहित]

२१ सदस्यीय कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समिति गठन [नामावलीसहित]

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशमा संसदीय समिति गठन भएको छ । पार्टीको विधानको धारा ३१ को (ग) प्रदेश कार्यसमिति बैठकले संसदीय समिति गठन गरेको हो । २१ सदस्यीय प्रदेश संसदीय समितिमा पदाधिकारी र ११ जना सदस्य रहेका छन् ।

काँग्रेस विधानमा पदाधिकारी संसदीय समितिमा पदेन सदस्य हुने व्यवस्था छ । सभापति वीरबहादुर बलायर, उपसभापति लोकराज अवस्थी, जनकराज चौधरी, महामन्त्री मेघराज खड्का, नरनारायण शाह ‘मनु’, कोषाध्यक्ष उत्तमबहादुर कडायत, सहमहामन्त्री, अम्बिका चलाउने, चिन्तामणि भट्ट, र गोपालदत्त भट्ट पदेन सदस्य हुन् ।

यस्तै प्रदेश संसदीय दलको नेता पनि पदेन सदस्य रहने विधानमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रणबहादुर रावल पदेन सदस्य बनेका छन् । प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेश कार्यसमिति सदस्यमध्येबाट कार्यसमितिमा अनुमोदनका लागि ९ जनाको नाम प्रस्तुत गरेका थिए ।

जसमा पदमबहनदुर शाही,मदन गिरी, गौरीसिह बोहोरा, कान्ता चन्द, पुष्प भट्ट गणेश विष्ट,, तिलक राज जोशी, झेली राना थारु, तेजबहादुर सुनुवार रहेका छन् । यस्तै राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रलाई आमन्त्रित सदस्य बनाइएको छ । प्रदेश संसदीय समितिले नगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्ने अधिकार राख्छ ।

सम्बन्धित जिल्लाका केन्द्रीय कार्यसमितिका सदस्य र जिल्ला कार्यसमितिका सभापतिलाई सम्बन्धित जिल्लाको उम्मेदवारको निर्णय गर्दा प्रदेश संसदीय समितिको बैठकमा आमन्त्रण गर्नुपर्ने व्यवस्था छ ।