दीपेन्द्र टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी

दीपेन्द्र टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी

नेपाली टिमका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गरेका छन्।

त्रिवि मैदानमा जारी पपुवा न्युगिनीविरूद्धको खेलमा २१ रन प्रहार गरेसँगै उनले एक हजार रन पूरा गरेका हुन्।

नेपालका लागि टी-२० मा सर्वाधिक रन प्रहार गर्ने ब्याट्सम्यान दीपेन्द्र एक हजार रनको पूरा गर्ने पनि पहिलो खेलाडी बने।

उनले टी-२० मा चार अर्धशतक र एक शतक प्रहार गरेका छन्। उनले जारी सिरिजको लिग चरणको अन्तिम खेलमा शनिबार मलेसियाविरूद्ध शतक प्रहार गरेका थिए।

उनले एक हजार रन पूरा गर्न ३९ खेल खेले।