दीपेन्द्र बने 'म्यान अफ दी' सिरिज

दीपेन्द्र बने 'म्यान अफ दी' सिरिज

अलराउन्डर दीपेन्द्रसिंह ऐरी काठमाडौंमा सम्पन्न त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा 'म्यान अफ दी' सिरिज बनेका छन् । 

दीपेन्द्रसिंहले शृंखलाको पाँच इनिङ्समा एक शतक र दुई अर्धशतकसहित २५५ रन बनाएका थिए । उनी शृंखलामा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । दीपेन्द्रसिंहले फाइनलमा पीएनजीविरुद्ध अविजित ५४ रन बनाउनुका साथै चार ओभरमा १८ रन दिएर चार विकेट लिएका थिए । 

शृंखलामा दीपेन्द्रले १४.२ ओभरमा एक मेडनसहित ९९ रन दिएर सात विकेट लिए । धेरै विकेट लिनेमा दीपेन्द्र चौँथो स्थानमा रहे । नेपालकै करण केसीले सबैभन्दा धेरै १३ विकेट लिए भने सन्दीपले ११ विकेट लिए । 

दीपेन्द्र पीएनजीविरुद्धो फाइनलसँग मलेसियाविरुद्धको खेलमा पनि ुम्यान अफ दी म्याचु घोषित भएका थिए ।उनलेले ५०० अमेरिकी डलर पाए ।