बिहे गर्छु भन्दै महिलासँग ४२ लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

बिहे गर्छु भन्दै महिलासँग ४२ लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

एक महिलालाई बिहे गर्ने प्रलोभन देखाएर विभिन्न बहानामा ४२ लाख रुपैयाँभन्दा धेरै रकम ठगी गर्ने एक जना काठमाण्डौबाट पक्राउ परेका छन् । 

विभिन्न प्रलोभनमा पारेर एक महिलालाई ४२ लाख ३४ हजार रुपैयाँ ठगी गर्ने रामेछापको साँघुटार नगरपालिका घर भइ काठमाण्डौ बस्ने ५२ वर्षका लोकबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । 

श्रेष्ठले महिलालाई बिहे गर्छु भनेर विश्वासमा लिइसकेपछि बिरामी परेकाले उपचार खर्च, झारफुक खर्च लगायतका बहानामा महिलासँग पैसा असुलेको प्रहरीले जनाएको छ ।