जनमोर्चा कैलालीका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

जनमोर्चा कैलालीका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

धनगढी । जनमोर्चा कैलालीका अध्यक्ष दयाराम सज्याल नेकपा माओवादीमा लागेका छन् ।

नेकपा माओवादी केन्द्र संघीय निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित अगुवा कार्यक्रममा सज्यालसहित २० जनाले पार्टी प्रवेश गरेको बताइएको छ । 

सज्याल लगायत नेताहरूलाई नेकपा माओवादीका नेता देव गुरुङले पार्टीमा स्वागत गरेका हुन् ।