पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

हाल नेपालमा भारतको बिहार तथा  आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

हाल देशको प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही देशको अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।   

दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश नं १ को पहाडी भूभागका थोरै स्थानहरुमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भू(भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश नं १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भूभागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुनाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।