चुनावमा भाग लिने दलहरूसँग प्रतिबद्धता लिँदै निवार्चन आयोग

चुनावमा भाग लिने दलहरूसँग प्रतिबद्धता लिँदै निवार्चन आयोग

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरूलाई निर्वाचन आयोगले आज छलफलका लागि बोलाएको छ। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय चुनावमा भाग लिन दर्ता भएका सबै दललाई आज बिहान साढे ११ बजे आयोगको कार्यालय आइपुग्न भनिएको हो। 

‘आज छलफल भन्दा पनि उनीहरूसँग प्रतिबद्धता (आचारसंहिता पालनाको) लिने कार्यक्रम हो’, प्रवक्ता पौडेलले भने। 

आयोगका अनुसार स्थानीय तहेको निर्वाचनमा भाग लिन ७९ वटा राजनीतिक पार्टीले दल दर्ता गराएका छन्।आचारसंहिता लागू कहिलेदेखि गर्ने भन्ने विषयमा आयोगले निर्णय गर्ने जानकारी पनि प्रवक्ता पौडेलले दिए।