तराईका जिल्लामा गर्मी बढ्दो, धनगढीको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस नाघ्यो

तराईका जिल्लामा गर्मी बढ्दो, धनगढीको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस नाघ्यो

पानी नपर्दा तराईका जिल्लामा गर्मी लगातार बढिरहेको छ । प्रि मनसुन सुरु भएदेखि नै तराईका जिल्लामा खासै पानी परेको छैन ।

मौसम बद्ली नहुँदा र पानी पनि नपर्दा त्यस क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम लगातार बढ्दै गएको हो । धनगढीको अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियसमा पुगेको छ भने नेपालगञ्जको ३९ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । यस्तै, भैरहवाको अधिकतम तापक्रम ३६ दशमलव ८, विरेन्द्रनगरको ३६, जनकपुरको ३४ दशमलव ५ र धरानको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस छ ।

पहाडी क्षेत्रमा दिउँसोपछि मौसम आंशिक बदली भइरहेकाले अधिकतम तापक्रम खासै धेरै बढेको छैन तर तराईका जिल्लामा भने लगातार बढिरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार अहिले देशका धेरै ठाउँको मौसम सफा छ । 

सबैजसो ठाउँमा बिहानैदेखि घाम लागेको  छ । दिउँसोपछि भने  प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली भई केही ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद मन्जु बासीले जानकारी दिनुभयो ।